प्राइम कमर्सियल बैंकको १३ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा — OSNepal

प्राइम कमर्सियल बैंकको १३ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा

LC (KTM) July 19, 2023 0

काठमाडौँ। प्राइम कमर्सियल बैंकले बुधबारदेखि १३ लाख ५० हजार १० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन्। संस्थापक सेयरको प्रतिकित्ता भाउ १२० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ। आवेदकले प्रभु क्यापिटल कमलादी, काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ।

यसमा साउन १७ गतेसम्म आवेदन दिन सकिन्छ। बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर