फलफूल तथा तरकारीकाे मूल्य, गुन्द्रुक २५० रूपैयाँ, ब्रोकाउली ९० रूपैयाँ — OSNepal

फलफूल तथा तरकारीकाे मूल्य, गुन्द्रुक २५० रूपैयाँ, ब्रोकाउली ९० रूपैयाँ

LC (KTM) July 20, 2023 0

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८० रूपैयाँ, टनेल गोलभेडा सानो ६५ रूपैयाँ, भारतीय प्याँज सुकेको प्रतिकेजी मूल्य ५० रूपैयाँ, घिउ सिमी लोकल ४० रूपैयाँ, कुरीलो प्रतिकेजी २५० रूपैयाँ, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४६ रूपैयाँ, भारतीय आलु रातो ३५ रूपैयाँ, लौका ५० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

डल्ले च्याँउ प्रतिकेजी ३४० रुपैयाँ, गाँजर ११० रूपैयाँ, बन्दा लोकल १० रूपैयाँ, मूला रातो ३० रूपैयाँ, भन्टा लाम्चो ४० रूपैयाँ, मकै बोडी ५० रूपैयाँ, टाटे सिमी १५० रूपैयाँ, ब्रोकाउली ९० रूपैयाँ, कागती ११० रुपैयाँ, भिण्डी ४० रूपैयाँ, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ७० रूपैयाँ, गुन्दुक २५० रूपैयाँ, अदुवा प्रतिकेजी २७० रूपैयाँ रहेको समितिले जनाएको छ।

समितिका अनुसार केरा दर्जन १५० रूपैयाँ, अनार ३८० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, हरियो अंगुर ४५० रूपैयाँ, किवि ८०० रूपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३१० रूपैयाँ, छडी माछा २४० रूपैयाँ, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

यस्तै, मालदह आँप १५० रूपैयाँ, हरियो धनिया ८० रूपैयाँ, छ्यापी सुकेको १४० रूपैयाँ, खु्र्सानी सुकेको ४५० रूपैयाँ, लसुन २६० रूपैयाँ, चाइनिज लसुन २५० रूपैयाँ, रुख कटहर ३५ रूपैयाँ, भेडे खुर्सानी ७० रूपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर