दुर्गम किमाथाङ्कामा पहिलोपटक पुग्यो नेपाल टेलिकमको जिएसएम सेवा — OSNepal

दुर्गम किमाथाङ्कामा पहिलोपटक पुग्यो नेपाल टेलिकमको जिएसएम सेवा

LC (KTM) July 23, 2023 0

सङ्खुवासभा-सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्कानाकामा नेपाल टेलिकमको जिएसएम सेवा सञ्चालन भएको छ । जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्कानाकामा पहिलोपटक टेलिकमले जिएसएम (टुजी) सेवा विस्तार गरेको हो । सेवा सञ्चालन भएपछि स्थानीयवासी लाभान्वित भएका छन् ।

किमाथाङ्कामा टेलिकमले शुक्रबारदेखि जिएसएम सेवा विस्तार गरेको दूरसञ्चार प्राधिकरण कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकूल मौसम तथा कठिन भूगोल भएका कारण सेवा सञ्चालमा समय लागेको हो ।

भोटखोलाका केही क्षेत्रका स्थानीयले नेपाल टेलिकमको सिडिएमए सेवा र चिनियाँ सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो । टेलिकमले जिएसएम सेवा सञ्चालन गरेपछि किमाथाङ्कानाकामा स्थानीयले खुसी व्यक्त गरेका छन् । भोटखोला–२ को सिम्बोक्पडाँडामा रिपिटर टावर निर्माण गरेर चाँडै फोरजी सेवा विस्तार गरिने प्रमुख राईले बताउनुभयो । भोटखोला सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर