पर्वत समाज कतारद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न — OSNepal

पर्वत समाज कतारद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

LC (KTM) July 24, 2023 0

दोहा, कतार- पर्वत समाज कतारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दोहाको अलसादस्थित हमाद हस्पिटलको न्यु ब्लड डोनेसन सेन्टरमा ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सो अबसरमा पर्वत समाज कतारका अध्यक्ष रघु शर्माले रक्तदान कार्यक्रम५२ जनाले मात्र रक्तदान गरेको बताए । यद्यपी कार्यक्रमममा भने १ सय ७१ जनाको उपस्थिति रहेको शर्माले बताए ।

रजिष्ट्रेष्न गरिएकामध्ये १६ जना रक्तदान गर्नबाट बञ्चित भएका थिए । रक्तदाताहरूलाई समाजले धन्यवाद ज्ञापन गर्दै प्रशंसा पत्रले सम्मान गर्दै आभार व्यक्त गरेको थियो । कार्यक्रम शुक्रबार बिहान ८ बजेबाट शुरु भएर दिउँसो २ बजेसम्म चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर