प्रधानमन्त्रीसँग आइएफएडीका प्रमुखको भेट — OSNepal

प्रधानमन्त्रीसँग आइएफएडीका प्रमुखको भेट

LC (KTM) July 25, 2023 0

काठमाडौँ-इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गर्नुभएको छ ।
भेटवार्तामा उहाँहरुबीच आइएफएडी र नेपालबीचको सम्बन्ध, आइएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा भएको थियो । नेपालका कृषि क्षेत्रमा आइएफएडीको सहयोगमा विभिन्न परियोजना सञ्चालित छन् ।

आइएफएडीले विकासशील मुलुकमा गरिबी निवारण र भोकमरी अन्त्यका लागि कृषि क्षेत्रको विकासमा वित्तीय सहयोग गर्दै आएको छ । नेपाल आइएफएडीको सदस्य मुलुक हो । सन् १९७८ मा नेपाल आइएफएडीको सदस्य बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर