एकाएक किन बढ्यो क्यालिफोर्नियामा गर्मी ? गर्मीमा कसरी बच्ने ? हेर्नुहोस् यी तरिकाहरु — OSNepal

एकाएक किन बढ्यो क्यालिफोर्नियामा गर्मी ? गर्मीमा कसरी बच्ने ? हेर्नुहोस् यी तरिकाहरु

LC (KTM) July 27, 2023 0

क्यालिफोर्निया, अमेरिका । ग्लोबल वार्मिङका कारण विश्वभरकै तापक्रममा निरन्तर परिवतनर्नन आइरहेको छ । नेपालको पोखरा होस् वा अमेरिकाको क्यालिफोर्निया नै किन नहोस् ग्लोबल वार्मिङका कारण यी सुन्दर शहरहरु प्रभावित बनेका छन् । बढ्दो जनसंख्या, शहरीकरण, लगायतका समस्याका कारण पछिल्ला दिनमा विश्वभरकै तापमानमा उतारचढाव आइरहेका बेला संसारकै सुन्दर शहरमध्येको एक अमेरिकाको क्यालिफोर्नियामा पछिल्ला दिनमा निकै गर्मी बढिरहेको खबरहरु आइरहेका छन् ।

जसका कारण उच्च अत्यधिक गर्मी अवस्था अनुभव गरिरहेको स्थानीएहरु बताउँछन् । जसका कारण विभिन्न किसिमका सुरक्षा अभ्यासहरु गर्न, आफैलाई शिक्षित गर्न, र अत्यधिक गर्मीसँग सम्बन्धित स्रोतहरू फेला पार्न चिकित्सक तथा जानकारहरुले सुझाएका छन् । केही दिनयता अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । यस्तो समयमा आँफुलाई कसरी सुरक्षीत राख्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो । गर्मी मौसममा मुटुका बिरामी, उच्च रक्तचाप, कोलस्टेरोल, मोटोपना, मधुमेहजस्ता समस्या भएका वृद्धवृद्धाले केही अतिरिक्त सावधानी अपनाउनुपर्दछ।

मुटुसम्बन्धी समस्या भएका बिरामीका लागि जाडो जत्तिकै जोखिम गर्मीयाममा पनि हुने गर्दछ । गर्मीमा थप सावधानी अपनाउनुपर्ने जोखिम समूहमा मुटुमा ब्लकेज भएका बिरामीहरूउच्च रक्तचाप र यसको औषधि उपयोग गरिरहेकाहरू, मधुमेही र यसको औषधि उपयोग गरिरहेकाहरू, बुढापाका–मिर्गौला रोगी, पहिले बेहोस भइसकेका र कुनै अंगको संक्रमणले ग्रस्त बिरामी पर्दछन्।

चिकित्सकहरुका अनुसार गर्मीमा लगातार टाउको दुख्नु भनेको रक्तचाप बढ्ने संकेत हुन सक्छ । बढी समय चर्को घाममा रहनाले रक्तचाप घट्छ र मुटुमा समस्या आउँछ । गर्मीले रक्तचाप घट्दा बिरामीलाई रिँगटा लाग्ने, हिँड्न अप्ठयारो हुने, कहिलेकाहीँ बेहोस हुने स्थितिसम्म आउन सक्छ। जोखिम समूहमा परेकाहरूले अत्यधिक गर्मीमा पर्नबाट जोगिनुपर्छ । गर्मी याममा मुटुको समस्या भएका व्यक्तिले मात्र नभई स्वस्थ व्यक्तिले समेत दिनहुँ प्रशस्त मात्रामा झोल कुरा खानुपर्छ। पानी मानव शरीरको महत्वपूर्ण तत्व हो । थप जानकारीको लागि फ्लायर हेर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर