प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन — OSNepal

प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

LC (KTM) July 27, 2023 0

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गर्नुभएको छ ।इटाली भ्रमणमा रहनुभएका उहाँले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उहाँले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राख्नुभएको थियो ।

सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालनका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गर्नुभएको थियो ।

उहाँले रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्री दाहाललाई रङ्गशालाका अधिकारीहरूले सम्पूर्ण जानकारी गराएका थिए ।उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । सो रङ्गशालामा विशेषगरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरू हुने अधिकारीहरूले जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर