अध्यक्ष प्रचण्ड ,नेपाल र जसपाका यादवबिच भेटवार्ता — OSNepal

अध्यक्ष प्रचण्ड ,नेपाल र जसपाका यादवबिच भेटवार्ता

LC (KTM) July 20, 2021 0

काठमाडौँ ५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल बिच भेटवार्ता भएको छ । भेटवार्ता नेपाल निवास कोटेश्वरमा भएको थियो ।

भेटवार्तामा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको बुझिएको छ । करिब पौने घण्टा भएको छलफलमा समसामयिक राजनीतिक विषय वस्तुमा छलफल भएको जनाइएको छ । नेपाल निवासबाट अध्यक्ष प्रचण्ड बाहिरिएसँगै जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव नेपाल निवास पुगेका थिए ।

सरकार सहभागी जनाउन तयारी गरिरहेको यादव र नेपाल बिच भएको छलफलको विषयमा स्पष्ट पारिएको छैन । तथापी, प्रधानमन्ँत्री शेरबहादुर देउवालाई विश्वासको मत लिएपछि नेपाल समुह र जसपालाई सरकारमा लाने तयारी भने भइरहेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर