सुरक्षा थ्रेट बढेको भन्दै आफूलाई डिएसपी कमाण्डको सुरक्षा व्यवस्था गरिदिन प्रचण्डको आग्रह — OSNepal

सुरक्षा थ्रेट बढेको भन्दै आफूलाई डिएसपी कमाण्डको सुरक्षा व्यवस्था गरिदिन प्रचण्डको आग्रह

LC (KTM) July 20, 2021 0

काठमाडौँ ५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि सुरक्षा थ्रेट बढेको भन्दै सुरक्षा व्यवस्था थप गरिएको छ । यस अघि सईको नेतृत्वमा सुरक्षामा व्यवस्था गरिएकोमा अब प्रचण्डलाई प्रधानमन्त्री शेरबहाद्ुर देउवा सरकारले पुनः डिएसपीकै नेतृत्वमा सुरक्षाकर्मीको व्यवस्था गरेको छ ।

केपी ओली सरकाले प्रचण्डसहित शीर्ष नेता तथा पूर्व राज परिवारको सुरक्षा व्यवस्था घटाएको थियो । ओली सरकारले सुरक्षा व्यवस्थामा कम गरेपछि प्रचण्ड आफैले आफ्नो सुरक्षालाई ध्यान दिँदै पूर्व लडाकुको टोली थप सुरक्षामा खटाएका थिए ।

अब प्रचण्डके डिएसपी अंग रक्षकका रुपमा हुनेछ । साथै गृह मन्त्रालयका अनुसार प्रचण्डले आफूलाई डिएसपी कमाण्डको सुरक्षा व्यवस्था गरिदिन आग्रह गरेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर