नेपालले बोलाए आफु पक्षका २२ सांसदलाई छलफलमा — OSNepal

नेपालले बोलाए आफु पक्षका २२ सांसदलाई छलफलमा

LC (KTM) July 20, 2021 0

काठमाडौं ५ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफु पक्षका सांसदहरुलाई छलफलमा बोलाएका छन् ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दिएको समय सिमा सकिनै लाग्दा नेपालले भने प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई समर्थन गरेका २२ जना सांसदहरुलाई छलफलमा बोलाएका हुन् ।
छलफलमा पार्टीले दिएको स्पष्टिकरणको विषयमा छलफल गरिने जनाइएपनि छलफल कहाँ कति बजे हुन्छ भनेर जानकारी भने आएको छैन । आज मात्रै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरी सरकार विस्तारको विषयमा छलफल भएको थियो ।

आजको छलफलमा सरकार विस्तारको विषयमा समेत छलफल गरिो बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर