श्रीलङ्कामा सजिनालाई ...मिस एलिगेन्स’को उपाधि — OSNepal

श्रीलङ्कामा सजिनालाई …मिस एलिगेन्स’को उपाधि

LC (KTM) August 02, 2023 0

काठमाडौँ । श्रीलङ्कामा आयोजना भएको …मिस वल्र्ड टुरिजम २०२३’ नेपालको प्रतिनिधि सजिना खनालले ।।।मिस एलिगेन्स’ शिर्षकको उपाधि हात पार्न सफल भएकी छन् । ३५ देशको सहभागीता रहेको प्रतियोगीतामा उनले आफुलाई उत्कृष्ट दश भित्र उभ्याउदै उक्त उपाधि हात परेकी हुन् ।

खनालले आफुले श्रीलङ्कामा उपाधि प्राप्त गरेको खुसी सामाजिक संजालमा शेयर गर्दै सहयोगीलाई धन्यवाद समेत दिएकी छन् । श्रीलङ्काको कोलम्बोमा १२ दिन आयोजना भएको प्रतियोगीता हालै सम्पन्न भएको थियो ।

सर्लाहीकी २२ वर्षीया खनाललाई उक्त प्रतियोगीतामा इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ..मिस वल्र्ड टुरिजम नेपाल’को उपाधि सहित पठाएको हो ।श्रीलङ्का उड्नु अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र खानेपानी मन्त्री महिन्द्र राय यादवले उनलाई मन्त्रालयमा भेट्दै जितको शुभकामना समेत दिएका थिए ।

प्रतियोगीतामा नेपाली पहिरन, कलासंस्कृति मार्फतआफुले नेपाल चिनाउन सफल भएको खनालले बताइन् । प्रतियोगीताको सिकाई र अनुभव अगामी दिनको यात्रा अगाडि बढ्न सहयोग पुग्ने उनको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर