सभामुख घिमिरेद्वारा निर्माणाधीन संसद् भवनको प्रगतिबारे जानकारी — OSNepal

सभामुख घिमिरेद्वारा निर्माणाधीन संसद् भवनको प्रगतिबारे जानकारी

LC (KTM) August 02, 2023 0

काठमाडौँ-सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद् भवनको भौतिक प्रगतिबारे जानकारी लिनुभएको छ । आज सम्बन्धित सरोकारवालासँग निर्माणाधीन संसद् भवनको प्रगति विवरण लिँदै उहाँले घिमिरेले भौतिक प्रगति सन्तोषजनक नरहेको बताउनुभयो ।

अहिले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ६६ प्रतिशत र आर्थिक प्रगति ६३ प्रतिशत रहेको छ । उहाँले भन्नुभयो, “मैले केही महिनाअघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थिक प्रगति कम रहेको थियो, तर अहिले आर्थिक र भौतिक प्रगति बराबर भए पनि भौतिक प्रगति उल्लेख्य हुन सकेको छैन ।”

सभामुख घिमिरेले हिउँदे अधिवेशन निर्माणाधीन संसद् भवनबाट सञ्चालन गर्ने गरी काम गर्न निर्देशन दिए पनि अहिलेसम्मको प्रगतिले हिउँदे अधिवेशन सञ्चालन गर्न नसकिने स्पष्ट रहेको बताउनुभयो । “हिउँदे अधिवेशनको काम यहाँबाट हुन्छ जस्तो लागेन । कामको ‘स्पिड’ धेरै गएको छैन, अहिले देखेको डरलाग्दो समस्या के हो भने सरकारले भुक्तानी गर्न गाह्रो छ, त्यो देखेर ठेकेदारले नापी नापी काम गरिरहेका छन् । तर यहाँ त्यो समस्या छैन” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर