माधव नेपाललाई क्यान्सरको संज्ञा दिँदै बस्नेतले भने, अब औषधीले काम गर्दैन् , त्यसलाई काटेर फाल्नैपर्छ — OSNepal

माधव नेपाललाई क्यान्सरको संज्ञा दिँदै बस्नेतले भने, अब औषधीले काम गर्दैन् , त्यसलाई काटेर फाल्नैपर्छ

LC (KTM) July 20, 2021 0

काठमाडौं ५ साउन । नेकपा ९एमाले० का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले वरिष्ठ नेता माधव नेपाललाई एमाले पार्टीको क्यान्सरको संज्ञा दिएका छन् ।

आज मंगलबार आयोजित राष्ट्रिय युवा संघको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले नेता नेपालले एमालेको खाना खाएर कांग्रेस र माओवादीको गाना गाउने काम गरेको भन्दै यस्तो टिप्पणी गरेका हुन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको राजनीतिको अस्थिर र महत्वकांक्षी पात्र हुन् । उनकै अभियानआफ्नो पार्टीमा समेत घुसेको बताउँदै बेलैमा उपचार गर्न नसकेकाले यस्तो अवस्था आएको बताएका छन् ।

बैठकमा बस्नेतले अगाडी भनेका छन् , हाम्रो पार्टीभित्रको गुटबन्दीलाई बेलैमा हामीले उपचार गर्न सकेनौं, बेलैमा उपचार गरेको भए सामान्य औषधी खाएर पनि निको हुन्थ्यो, तर क्यान्सर भएपछि अब औषधीले काम गर्दैन् । त्यसलाई काटेर पनि फाल्नुपर्ने हुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पुच्छर रुपमा माधव नेपाल र प्रचण्ड भएको समेत टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर