प्रधानमन्त्री ‘प्रचण्ड’सँग बालुवाटारमा साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता — OSNepal

प्रधानमन्त्री ‘प्रचण्ड’सँग बालुवाटारमा साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता

LC (KTM) August 07, 2023 0

काठमाडौँ, २२ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा साउदी अरब सरकारको सहयोगका विविध आयामका विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर