सदनको गतिरोध हटाउन प्रधानमन्त्रीद्वारा शीर्ष नेतासँग छलफल — OSNepal

सदनको गतिरोध हटाउन प्रधानमन्त्रीद्वारा शीर्ष नेतासँग छलफल

LC (KTM) August 08, 2023 0

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा देखिएको गतिरोध हटाउन सभामुख र शीर्ष नेतासँग छलफल गर्नुभएको छ । उहाँको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताको छलफल जारी छ ।

बैठकमा प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतक उपस्थित हुनुहुन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन बाहिरिएको सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका कारण सदनको नियमित कामकारबाही हुन पाएको छैन । सदनको अवरोध नहट्दा महत्वपूर्ण विधेयक पेस हुन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर