वामदेवपत्नी तुलसा थापा जुडोको ‘टिम म्यानेजर’ बनेर टोकियो ओलम्पिकमा जाँदै — OSNepal

वामदेवपत्नी तुलसा थापा जुडोको ‘टिम म्यानेजर’ बनेर टोकियो ओलम्पिकमा जाँदै

LC (KTM) July 21, 2021 0

काठमाडौं- एमाले नेता वामदेव गौतमकी पत्नी तुलसा थापा जुडोको ‘टिम म्यानेजर’ बनेर टोकियो ओलम्पिकमा जाने भएकी छन् ।सांसदसमेत रहेकी उनले जुडोको ‘टिम म्यानेजर’ बनेर टोकियो सयर गर्नेछिन् ।

उनीसँगै व्यवस्थापकका नाममा १५ खेल पदाधिकारी टोकियो जान लागेको बताइएको छ । शुक्रबारदेखि सुरु हुने टोकियो ओलम्पिकमा नेपालले चार खेलमा पाँच खेलाडी उतार्दै छ ।

उनीहरुसँग् चार प्रशिक्षक पनि छन् । नेपालले जुडोसँगैं सुटिङ, पौडी र आर्चरीमा प्रतिस्पर्धा गर्दैछ । टोकियो जानेमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र एनओसीका पदाधिकारी धेरै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर