रजनीकान्तको जेलरको ९ लाख टिकट अग्रिम बुकिङ, अक्षय कुमारकाे ओएमजी २ को ४५ हजार मात्रै — OSNepal

रजनीकान्तको जेलरको ९ लाख टिकट अग्रिम बुकिङ, अक्षय कुमारकाे ओएमजी २ को ४५ हजार मात्रै

LC (KTM) August 10, 2023 0

मुम्बइ। यो साता सिनेमा प्रेमीका लागि विशेष रहने छ। यो साता धेरै सुपरस्टारहरु बक्स अफिसमा भिड्दैछन्।

यो साता १-२ होइन, बहु प्रतिक्षित चार फिल्म रिलिज हुँदैछन्। सनि देओलको फिल्म गदर २, अक्षय कुमारको ओएमजी २, रजनीकान्तको जेलर र चिरञ्जीवीको फिल्म भोला शंकर यही हप्ता रिलिज हुँदैछन्।

यी चार चलचित्रको अग्रिम बुकिङ पनि सुरू भइसकेको छ तर रजनीकान्तले सबै कलाकारलाई अग्रिम बुकिङमा पछाडि छोडेका छन्।

पछिल्लो तथ्यांक अनुसार रजनीकान्तको फिल्म जेलरको अग्रिम बुकिङ सबैभन्दा बढी भएको छ। बुक माई शो पोर्टलबाट मात्रै अनलाइन टिकट बिक्रीको संख्यामा रजनीकान्तको जेलरका लागि ९ लाख अग्रिम टिकट बिक्री भएको छ।

अर्कोतर्फ अग्रिम बुकिङको मामिलामा सन्नी देओलको गदर २ दोस्रो नम्बरमा छ । गदर २ को कुल ३ लाख टिकट बिक्री भइसकेको छ। तेस्रो नम्बरमा चिरञ्जीवीको भोला शंकर रहेको छ जसको हालसम्म ७० हजार टिकट बिक्री भइसकेको छ। अक्षय कुमारको फिल्म ओएमजी २ अन्तिम अर्थात चौथो नम्बरमा छ।

ओएमजी २ को अग्रिम बुकिङमा हालसम्म ४५ हजार टिकट बिक्री भइसकेको छ। आगामी दिनमा यी सबै चलचित्रको अग्रिम बुकिङ बढ्ने अपेक्षा गरिएको छ । गदर २ सन् २००१ मा आएको गदरको सिक्वेल हो। यो ब्लकबस्टर फिल्म थियो।

योसँगै रजनीकान्त पनि जेलरबाट दुई वर्षपछि पर्दामा फर्कदैछन् । उनी पछिल्लो पटक फिल्म अन्नातेमा देखिएका थिए । अक्षय कुमार मात्र ओएमजी २ सन् २०१२ मा आएको ओएमजीको सिक्वेल हो। उही समयमा चिरञ्जीवी अन्तिम पटक फिल्म वालटेयर वीरैयामा देखिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर