कर्णालीबाट श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्यो — OSNepal

कर्णालीबाट श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्यो

LC (KTM) August 10, 2023 0

पछिल्लो समय कर्णाली प्रदेशबाट वैदेशिक रोजगारका लागि विदेशिनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । आर्थिक वर्ष २०७९/०८० मा नयाँ श्रम स्वीकृति लिनेको कूल सङ्ख्या तीन हजार तीन सय रहेको श्रम तथा रोजगार कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले आव २०७५/०७६ मा नौ सय १९ पुरुष र महिला सात जनाले पुनः श्रम स्वीकृति लिएका जानकारी दिनुभयो । उहाँका अनुसार २०७६/०७७ मा एक हजार नौ सय ९० पुरुष र ३६ महिला , २०७७/०७८ मा छ सय ६७ पुरुष र आठ महिला र २०७८/०७९ एक हजार पाँच पुरुष र २६ महिलाले श्रम स्वीकृति लिएका थिए ।

आफ्नो देशमा भन्दा अन्य देशमा काम गर्न बढी रुचाउने भएकाले गर्दा पनि विदेशिनेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । श्रम तथा रोजगारका लागि नेपालबाट साउदी, कतार मलेसिया, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी, माल्दोभा र बेलारुसमा जानेको सङ्ख्या बढिरहेको जनाइएको छ ।

उहाँले भन्नुभयो, “उच्च शिक्षामा व्यवसायी तथा सीपमूलक शिक्षा अनिवार्य गर्नुपर्छ ।” कर्णालीको सल्यानबाट धेरै श्रम तथा रोजगारका लागि जाने गरेको उहाँले बताउनुभयो । वीरेन्द्र नगर १ का भद्र सुनारले सरकारले स्वदेशमा नै रोजगारको व्यवस्था मिलाउन सकेमा विदेशीनेको संख्या कम हुन्छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर