नेकपा एमालेको केन्द्रीय कमिटीको दशौं बैठक ,आज तेस्रो दिन पनि बस्दै — OSNepal

नेकपा एमालेको केन्द्रीय कमिटीको दशौं बैठक ,आज तेस्रो दिन पनि बस्दै

LC (KTM) July 21, 2021 0

काठमाडौँ ६ साउन । नेकपा एमालेको केन्द्रीय कमिटीको दशौं बैठक आज पनि बस्ने भएको छ । आज तेस्रो पटक बस्न लागेको एमालेको केन्द्रीय कमिटीको दशौं बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा दिउँसो ३ बजे बस्ने भएको हो ।

आजको बैठकमा यसअघि बैठकमा पेश भएका एजेन्डामाथि छलफल हुने बताइएको छ । पहिलो पटक बसको बैठकमा माधव नेपालसहित २२ जना सांसदलाई पार्टीको ह्रिप उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टिकरण सोधेको थियो । तथापी, हिजोको बैठकले यस विषयमा कुनै निणर्य भने गरेन । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार हिजो दिएको समय नसकिएकोले त्यस विषयमा छलफल नगरेको जनाइएको छ ।

एमालेले दशौँ बैठकको लागि समसामयिक विषयमा अध्यक्षको सम्वोधन, पार्टीमा उत्पन्न समस्या समाधानका सम्वन्धमा गठित कार्यदलको १० बुँदे प्रस्ताव अनुमोदन, अनुशासनहीन कार्यमा संलग्नहरुसँग स्पष्टिकरण लगायतका विषयमा वस्तुलाई आफ्नो एजेण्डा बनाएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर