ढकिया बुन्दै थारु समुदायका महिला — OSNepal

ढकिया बुन्दै थारु समुदायका महिला

LC (KTM) August 12, 2023 0

शुक्लाफाँटा नगरपालिका९३ का थारु समुदायका महिला ढकिया बुन्दै । स्थानीयस्तरमै पाईने घाँसबाट बनाईने ढकिया घरायसी समान राख्नका लागि प्रयोग गरिन्छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस

स्रोत नखुलेको रकमसहित एक पक्राउ- सिरहाबाट स्रोत नखुलेको करिब रु नौ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले नेपाल–भारत सिमानास्थित भारतबाट नेपालतर्फ आउँदै गर्दा साहलाई पक्राउ गरेको हो ।

बा१२प १६३७ नंको मोरटसाइकलमा सवार साहको शरीरमा बेरेर राखिएको रु दुई लाख २० हजार र भारतीय रकम ४६ हजार एक सय, मोरटसाइकलमा लुकाएर राखेको रु छ लाख गरी जम्मा रु आठ लाख ७५ हजार सात सय ६० बरामद गरेको हो । प्रहरीले साहलाई उक्त रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाएको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर