भर्चुअल माध्यमबाट माधव नेपाल समुहको स्थायी कमिटिको बैठक जारी — OSNepal

भर्चुअल माध्यमबाट माधव नेपाल समुहको स्थायी कमिटिको बैठक जारी

LC (KTM) July 21, 2021 0

काठमाडौँ ६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहको स्थायी कमिटिको बैठक सुरु भइसकेको छ । बैठक आज दिउँसो १ बजेबाट भर्चुअलमाध्यमबाट सुरु भएको हो ।

भर्चुअल बैठक पछि अन्य सांसद तथा सदस्यहरुसँग छलफल गरिने पनि जनाइएको छ । हिजो बसेको बैठकले संसद जोगाउने काम सकिएकाले अब अध्यक्ष केपी ओलीलाई सुधार्न पर्ने निष्कर्ष निकालेको थियो ।

आज यहि विषयलाई निरन्तरता दिएर बैठक बसेको बताइएको छ । कांग्रेस सरकारलाई विश्वासको मत दिएपछि नेपाल सहित २२ जना सांसद प्रति अध्यक्ष ओली आक्रोशित बनेका छन् ।

ओलीले नेपाल बाहेक अरु नेतालाई पार्टीमा आए स्वागग गरिने समेत बताइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर