परदेशीमा नायिका शिल्पा पोखरेलसँग रोमान्टिक बने मोडल मिन रावल — OSNepal

परदेशीमा नायिका शिल्पा पोखरेलसँग रोमान्टिक बने मोडल मिन रावल

LC (KTM) August 20, 2023 0

काठमाडौँ । गायिका अस्मिता अधिकारीको स्वर रहेको परदेशी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बरिष्ठ गीतकार हरिभक्त बुढाथोकीका शब्द शृजना समावेश सार्वजनिक गीतमा एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीका साथै प्रेम, रोमान्स र विरहलाई भिडियोमा देखाइएको छ । जहाँ चर्चित नायिका तथा मोडल शिल्पा पोखरेलका साथमा ह्याण्डसम मोडल मिन रावलको सशक्त अभिनय देख्न सकिन्छ ।

भिडियोमा शिल्पा र मिनको कामको सबैले प्रशंसा गरेका छन् । आँफैमा एक कुशल भिडियो सम्पादक समेत रहेका माोडल रावलले उनी अभिनयमा पनि सशक्त छन् है भन्ने सन्देश यही भिडियोबाट उनले दिएका छन् । जहाँ आँफुलाई भन्दा बढी माया गर्ने प्रेमीका आफ्नो प्राण प्यारो प्रेमी परदेशिन लागेका बेला पोखेको विरहको गाथालाई भिडियोमा निर्देशक प्रमोद कुमार भण्डारीले कलात्मक शैलीमा देखाएका छन् ।

शिशिर योगीको संगीत रहेको सार्वजनिक गीतमा सचिन सिंहको एरेन्ज रहेको छ भने भिडियोको छायांकन निशल पौडेलले गरेका हुन् । निर्देशक भण्डारीकै कथा रहेको भिडियोको सम्पादन र कलरिंग मोडल मिनले नै गरेका हुन् । साइराम पिक्चर्स प्रालीले पोष्ट प्रोडक्सनको काम गरेको भिडियो गीतकार स्वयमकै अफिसियल च्यानल हरिभक्त बुढाथोकीबाट बजारमा आएको हो । हेर्नुहोस् प्रेम, रोमान्स र विरहले भरिएको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर