बाख्रा पालनमा रमाउदै दमौलीकी श्रीमाया,वार्षिक पाँच लाखभन्दा बढी आम्दानी — OSNepal

बाख्रा पालनमा रमाउदै दमौलीकी श्रीमाया,वार्षिक पाँच लाखभन्दा बढी आम्दानी

LC (KTM) August 22, 2023 0

दमौली, ५ भदौ ः तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आलेले पालन गर्नुभएको बाख्रा । उहाँले बाख्रापालनबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

यो पनि : नारायणगढ–मुग्लिन सडकमा खसेको पहिरो पन्छाउन ३ बजेसम्मको समय लाग्ने:चितवन, ५ भदौः नारायणगढ–मुग्लिन सडक खण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरो पन्छाउन आज अपराह्न ३ बजेसम्मको समय लाग्ने देखिएको छ । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो । सोमबार राति १० बजेदेखि पहिरो पन्छाउन थालिएको हो । अहिले तीन लोडर र एउटा एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेका छन् । पौडेलले भन्नुभयो, “थप समस्या नभएमा अपराह्न ३ बजेसम्ममा पहिरो पन्छाउन सकिन्छ ।” पाँच÷सात मिनेटको फरकमा ढुङ्गा खसिरहेकाले पूर्णरुपमा काम गर्न नसकिएको उहाँको भनाइ छ ।

पौडेलका अनुसार सात हजार घनमिटर हाराहारी पहिरो खसेको अनुमान छ । करिब ६०–७० मिटर माथिबाट पहिरो झरेको हो । सोमबारदेखि नै सवारी साधनहरु रोकिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर