बीपी कोइरालाजस्तो अलराउन्डर व्यक्ति, नेपालको राजनीतिमा अर्को छैन : प्रधानमन्त्री देउवा — OSNepal

बीपी कोइरालाजस्तो अलराउन्डर व्यक्ति, नेपालको राजनीतिमा अर्को छैन : प्रधानमन्त्री देउवा

LC (KTM) July 21, 2021 0

काठमाडौँ ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांंग्रेसका संस्थापक बीपी कोइरालाजस्तो अलराउन्डर व्यक्ति, नेपालको राजनीतिमा अर्को नभएको बताएका छन् ।

आज बीपी कोइरालाको १०७औँ जन्मजयन्तीका सन्दर्भमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको अन्तक्रिया कार्यक्रममा प्रधानमन्त्री देउवाले कोइरालालाई ‘सानो देशको ठूलो मान्छे’को उपमा दिएका हुन् । पार्टीको सभापति समेत रहेका देउवाले विपीको विचारबाट आफ्नो पार्टी अझ सशक्त र बलियो बन्नेछ भन्ने विश्वास राखेको बताएक छन् ।

“उहाँले बोलेका भाषण मात्रै सुन्यौँ भने पनि हामीले धेरै पाठ सिक्न सक्छौँ र आफ्नो बाटो पत्ता लगाउन सक्छौँ, बीपी त्यस्तो व्यक्तित्व हो, जसको सम्झनाले मात्र पनि हाम्रो पार्टीले प्रेरणा प्राप्त गर्दछ ।” देउवाले भने ।

समाजवादलाई व्याख्या गर्नेदेखि समाजवादी साहित्य लेख्नेसम्मका काम भएका विपी अलराउन्डर व्यक्ति हुन् । देउवाले भने, ‘प्रजातन्त्रका लागि जीवन नै अर्पण गरेका व्यक्तिका प्रेरणाले नेपालको राजनीति सधैँ अघि बढिरहेको छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर