कोभिडको पुरानो असरबाट उठ्न नपाउँदै ,फेरि तेस्रो लहर चर्चाले डर बढेको छ : प्रधानमन्त्री देउवा — OSNepal

कोभिडको पुरानो असरबाट उठ्न नपाउँदै ,फेरि तेस्रो लहर चर्चाले डर बढेको छ : प्रधानमन्त्री देउवा

LC (KTM) July 21, 2021 0

काठमाडौँ ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक कोभिडको पुरानो असरबाट उठ्न नपाउँदै फेरि तेस्रो लहर फैलिने डरले आतंकित बनेको बताएका छन् ।

आज बुधबार नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना संक्रमणको तेस्रो लहरले सर्वसाधारणमा डर बढेको बताएका हुन् । ‘हामी अहिले कोभिडका पुराना असरबाट उठ्ने प्रयत्नमा छौं । तर नयाँ भेरियन्टको चर्चाले डर बढेको छ ‘देउवाले भने ।

सभालाई सम्बोधन गर्ने क्रममा देउवाले कोरोनाबाट प्रभावित उद्योगलाई बचाउन राहत प्याकेज ल्याइने बताएका छन् । कोरोनाको निशुल्क खोप दिन सरकार लािग परेको समेत देउवाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर