ओलीले पठाए २२ सांसदलाई स्पष्टिकरणको पत्र : पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल किन ? — OSNepal

ओलीले पठाए २२ सांसदलाई स्पष्टिकरणको पत्र : पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल किन ?

LC (KTM) July 21, 2021 0

काठमाडौँ ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टिकरण पत्र पठाएका छन् ।

साउन ४ गतेको मिति राखेर पठाइएको पत्रमा पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको उल्लेख गरिएको छ । पत्रमा चित्त बुझ्दो जवाफ नआए थप कारवाही समेत गरिने उल्लेख गरिएको छ ।

माधव नेपाल सहित २२ जनालाई सोधिएको स्पष्टिकरणमा पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण अनैतिक , अलोकतान्त्रिक कार्य के कति कारणले गर्नुभया भनेर प्रश्न सोधिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर