नेपाल पक्षको बैठकको निष्कर्ष :पार्टी एकताको वार्ता चलिरहेको बेला स्पष्टीकरण सोधेर एकता प्रक्रियामा भाँजो हाल्ने काम भयो — OSNepal

नेपाल पक्षको बैठकको निष्कर्ष :पार्टी एकताको वार्ता चलिरहेको बेला स्पष्टीकरण सोधेर एकता प्रक्रियामा भाँजो हाल्ने काम भयो

LC (KTM) July 21, 2021 0

काठमाडौँ ६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको आज बसेको स्थायी कमिटिको बैठकले पार्टी एकतालाई जोड दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई फ्लोर क्रस गर्दै नेपालसहित २२ सांसदले मत दिएपछि बसेको पहिलो स्थायी कमिटिको बैठकले पार्टी एकताको विषयलाई जोड दिएको हो । बैठकमा सहभागी भएका नेता रघुजी पन्तले बैठकमा एकताको विषयमा छलफल भएको बताएका छन् ।

बैठकबाट बाहिरिने क्रममा पन्तले भने, ‘एकता प्रक्रियाअगाडि बढाउनु पर्छ, एकतामा सबैले जोड दिनुपर्छ भन्ने भनाई रह्यो,’माधवकुमार नेपालसहितका नेताहरुविरुद्ध भइरहेको नाराबाजी रोकेर एकताका लागि गम्भीरताका साथ प्रयास गर्न आग्रह गरेको छ ‘।

बैठकमा पार्टी एकताको लागि १० बुँदे सहमति चलिरहँदा स्पष्टिकरण सोध्ने, नारा जुलुस तथा पुत्ला दहन गर्ने जस्ता उत्तेजित गतिविधि गर्ते मत दिने सांसदहरुलाई आतंकित पार्ने जस्ता कार्य रोकी एकताको पक्ष्मा सबै लाग्नु पर्नेमा छलफल भएको छ ।

पार्टी एकताको वार्ता चलिरहेको बेला स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको बताएका पन्तले यस्तो कार्य तत्काल रोक्नुु पर्ने बताए ।

‘अदालतको फैसलाले प्रष्ट रुपमा धारा ७६ (५) मा सांसदलाई विवेक प्रयोग गर्ने अधिकार दिइसकेपछि त्यसलाई आधार बनाएर अरु निहुँ झिकेर स्पष्टीकरण सोध्नु राम्रो भएन ’ पन्तले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर