समायोजनका नाममा धेरै क्रियाशील सदस्यता दिएको प्रति अशन्तुष्टि जनाउँदै कांग्रेसका सांसद सिंहले दिए राजीनामा — OSNepal

समायोजनका नाममा धेरै क्रियाशील सदस्यता दिएको प्रति अशन्तुष्टि जनाउँदै कांग्रेसका सांसद सिंहले दिए राजीनामा

LC (KTM) July 21, 2021 0

काठमाडौँ ६ साउन । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट गत निर्वाचनमा विजयी भएका सिंहले पार्टीको महाधिवेशन नकिँदै गर्दा क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको भन्दै राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

अन्य पार्टीबाट आएकाहरुलाई समायोजनका नाममा धेरै क्रियाशील सदस्यता दिएको प्रति अशन्तुष्टि जनाउँदै आएका सिंहले कांग्रेसको चुस्त र गतिशिल बन्ने मार्गमा अवरोध खडा भएको भन्दै राजीनामा दिएका हुन् ।

पार्टीलाई आफ्नो काबुमा राख्ने निहित उद्देश्यबाट प्रेरित नेतृत्व तहकै नेताबाट गैरजिम्मेवार व्यवहार प्रस्तुत् भएको पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर