सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ : सभापति लामिछाने — OSNepal

सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ : सभापति लामिछाने

LC (KTM) August 26, 2023 0

काठमाडौँ, ९ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्नुभएको छ । पार्टीको टोखा नगरपालिकाको भेलामा आज उहाँले जातजाति र समुदायसित होइन बल्की बेथिति र भ्रष्टचारविरुद्ध लड्नपर्ने बताउनुभयो ।

“जातीय र धार्मिक समुदायबीच द्वन्द्व बढाउने र समाजको सद्भाव खलबल्याउने अभिव्यक्तिप्रति सचेत बन्न सबैलाई आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “हाम्रो दुश्मनी गरिबी, अशिक्षा र बेरोजगारीसित हो ।”

कानुनले बर्जित गरेको गतिविधि नगर्न सुझाव दिँदै अध्यक्ष लामिछानेले फरकफरक समुदायको आस्थामा आँच आउने काम गर्न नहुनेमा जोड दिनुभयो ।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सात महिनाको संसदीय अभ्यास पार्टीका लागि उत्कृष्ट भएको बताउनुभयो । सांसद शिशिर खनालले आउने चुनौतीविरुद्ध सबै रास्वपाका सबै सदस्य एकजुट हुनुपर्ने बताउनुभयो ।

नगरसभाबाट रास्वपाको टोखा नगरसमिति गठन गरिएको छ । समितिको सभापतिमा सूर्यप्रसाद काफ्ले, उपसभापतिमा केशु पन्त गौतम, सचिवमा किरण बर्तौला र कोषाध्यक्षमा नन्दलाल अधिकारी तथा सदस्यमा सुधा खड्का, रघुनाथ केसी, रिना नेपाली, गङ्गा गुरुङ, राज अधिकारी, ख्यामबहादुर भारती र कपिलनाथ पङ्गेनी चयन हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर