अस्ट्रेलिया मा अरुण आर्यन चौधरी द्वारा "हेर्ति हेर्ति मोहनी लगैना" गीत सार्वजनिक — OSNepal

अस्ट्रेलिया मा अरुण आर्यन चौधरी द्वारा “हेर्ति हेर्ति मोहनी लगैना” गीत सार्वजनिक

LC (KTM) August 29, 2023 0

झुम्की प्रोडक्सनसको प्रस्तुती तथा अरूण आर्यन चौधरीले निर्माण गरेको सुमधुर मिठो रोमान्टिक गीत “हेर्ति हेर्ति मोहनी लगैना” मा स्वर, शब्द तथा संगीत चर्चित थारू गायक आर के थारू को रहेको छ साथै अनुमा र सोनु कुश्मीले उनलाई साथ दिएका छन। गीतकोसंगीत संयोजन गणेश चौधरीले गरेका छन। गीतमा लोकप्रिय जोडी नरेश चौधरी तथा मधु चौधरी ले अभिनय गरेका छन।

सुरज देब कुसुमया को अर्को उत्कृष्ट निर्देशन मा बनेकोरोमान्टिक गीत लाई चितवनको आकर्षक रमणिय दृश्य क्यामरामा रमेश चौधरीले कैद गरेका छन। स्कृप्ट तथा कोरियोग्राफी सुरज देब कुसुमया कै छ।”मन लागेना” गीत बाट एका एक चर्चामा आएका गायक आर के थारूले थुप्रै थारु गीत गाएका छन पछिलो गीत “का ऐहेहो माया ” पनी साह्रै नै रुचाईएको गीत हो।

थारु गीत संगीत साथै थारू कला लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लैजाने उदेश्यका साथ झुम्की प्रोडक्सनसले निर्माणको शुरूवात गरेका छन। यस अघि गत बर्ष माघीको गीत अष्ट्रेलियाको सिडनीबाट सार्बजनिक गरिसकेको छ। उक्त गीत को भिडियो हेर्न तलको लिंक मा क्लिक गरि हेर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर