प्रधानमन्त्री दाहाल र अमेरिकी सिनेटरबीच भेटवार्तामा के भयो ? — OSNepal

प्रधानमन्त्री दाहाल र अमेरिकी सिनेटरबीच भेटवार्तामा के भयो ?

LC (KTM) September 01, 2023 0

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राज्य अमेरिकाको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भन होलेन बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज भएको भेटघाटमा दुई देशको आपसी हित र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

सिनेटर क्रिस भन होलेन आजै नेपाल भ्रमणमा आउनुभएको हो । आफ्नो भ्रमणका क्रममा उहाँले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न भेटवार्ता गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उहाँले नेपालका सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्नुहुने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगबारे सम्बन्धित निकायसँग छलफल गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर