नेपाल एअरलाइन्सले चीनबाट आज आठ लाख डोज खोप लिएर नेपाल आँउदै — OSNepal

नेपाल एअरलाइन्सले चीनबाट आज आठ लाख डोज खोप लिएर नेपाल आँउदै

LC (KTM) July 22, 2021 0

काठमाण्डौ – चीनबाट आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइने भएको छ ।हिजो बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाजले आज काठमाडौंमा खोप ल्याउन सुरु गरेको हो । आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो ।

चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ । केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने बताइएको छ ।

यस्तै अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजारभन्दा धेरैले लगाइसकेका छन् । जोन्सन एण्ड जोन्सन खोप अभियान अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मात्र सञ्चालन भइरहेको छ । जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप असार २८ गते नेपाल आइपुगेको थियो । जुन खोप एक रोज मात्र लगाए पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर