बाँच्ने आशाका साथ बेड नम्बर ३०५ मा जीवन खोज्दैछिन् ‘चम्सुरी’, भन्छिन् 'बाँच्न पाए फेरी अभिनयमा फर्किन्थे' — OSNepal

बाँच्ने आशाका साथ बेड नम्बर ३०५ मा जीवन खोज्दैछिन् ‘चम्सुरी’, भन्छिन् ‘बाँच्न पाए फेरी अभिनयमा फर्किन्थे’

LC (KTM) July 22, 2021 0

काठमाडौं । बाटुलो अनुहार । पुक्क गाला । रातो गोलो ठूलो टीका र गुन्युचोली । ‘चम्सुरी’ सम्झिनेबित्तिकै यिनै छवि आँखामा नाच्न थाल्छन् । टेलिभिजन ‘टीआरपी (याङ्किङ’मा कुनै समय नम्बर १ ‘मेरी बास्सै’की प्रमुख पात्रमध्येकी ‘चम्सुरी’ अहिले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको बेड नम्बर ३०५ मा रोगसँग लडिरहेकी छन् ।

भेट्न आएका आफन्त वा कलाकार देखेपछि आँसु धरधरी चुहिन्छ । पाँच वर्षअघि नै मिर्गौलामा समस्या देखियो । एउटा मिर्गौलाले ‘राम्ररी काम गरिरहेको अवस्थामा पनि अर्को कसरी बिग्रियो रु’ उनले भेउ पाउनै सकेनन् ।

पछिल्लो समय स्वास्थ्यमा अचानक खराबी भयो । साह्रै गाह्रो भएपछि २० दिनअघिबाट उनी अस्पतालमा छिन् ।राजधानि दैनिकमा खबर छ । सन् १९९५ को ‘मिस नेपाल’ प्रतियोगी पल्पसा डंगोल ‘मेरी बास्सै’ प्रसारणसँगै रातारात ‘चम्सुरी’ले नामले चर्चित बनिन् । त्यसताका ‘मिस नेपाल’मा उनले ‘बेस्ट ड्रेस अवार्ड’समेत हासिल गरेकी थिइन् ।

‘दुवै मिर्गौलाले काम गर्न छाडेको छ,’ राजधानीसँग मंगलबार भेटक्रममा डंगोलले सुनाइन्, ‘अब मिर्गौला प्रत्यारोपण गर्नुको विकल्प छैन, दाताको खोजीमा छु ।’ दुवै मिर्गौला डाइलासिस गराइरहेकी डंगोल राम्ररी बोल्न सक्ने अवस्थामासमेत छैनन् ।

सुरुमा त आशंका लाग्यो, ‘कोरोना पो भयो कि रु’ परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आयो । तर, जब परीक्षण दायरा मोडियो, उनी छाँगाबाट खसेसरी भइन् । ‘छोरीलाई थाहा नहोस् भनेर सुरुमा लुकाएँ,’ भरिएका गहमा डंगोलले भनिन्, ‘तर, स्वास्थ्य झन् बिग्रँदै जान थाल्यो, छोरीलाई भन्नुपर्ने अवस्था आइप(यो ।’

अभिनेत्री डंगोलको उपचार गर्न देश–विदेशबाट शुभचिन्तक तयार छन् । तर, उनी ‘पैसाभन्दा साथ र सहयोग’को अपेक्षामा छिन् । उपचारमा संलग्न चिकित्सक ‘मिर्गौला प्रत्यारोपण नभएसम्म हरेक साता डाइलासिस गर्नुपर्ने अवस्था रहेको’ बताउँछन् ।

चलचित्र कलाकार संघ अध्यक्ष रवीन्द्र खड्का नेपालमा उपचार अवस्था नभएको खण्डमा भारतमै लैजान पहल थाल्ने बताउँछन् । झन्डै १५ वर्षदेखि कला फाँटमा सक्रिय डंगोलका लागि मिर्गौला प्रत्यारोपण गर्ने दाता वा आफन्तको खोजी जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर