त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था चुस्त पार्न प्रहरी महानिरीक्षकको निर्देशन — OSNepal

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था चुस्त पार्न प्रहरी महानिरीक्षकको निर्देशन

LC (KTM) September 05, 2023 0

काठमाडौँ – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र तस्करी नियन्त्रणलाई चुस्त पार्न निर्देशन दिनुभएको छ । विमानस्थलबाट सुन, लागुऔषत, तथा अवैध मुद्रा तथा सामानको तस्करीका घटना सार्वजनिक भइरहेका बेला आज विमानस्थल सुरक्षा कार्यालयको स्थलगत निरीक्षण भ्रमण र ब्रिफिङ लिन पुग्नुभएका महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ ।

उहाँले निःस्वार्थ भावनाका साथ नागरिकको सेवा गर्न तथा विमानस्थलबाट आवतजावत गर्ने यात्रुको गुनासा सम्बोधन गर्दै भरपर्दाे सुरक्षा प्रदान गर्नेतर्फ पनि ध्यानाकर्षण गराउनुभएको छ ।

महानिरीक्षक कुँवर पछिल्लो समयमा उपत्यकाका विभिन्न ब्यूरो तथा कार्यालयको स्थलगत निरीक्षण भ्रमण गरी प्रहरी कर्मचारीलाई आवश्यक निर्देशनको क्रममा हुनुहुन्छ । केही अघि मात्रै उहाँले लागुऔषध नियन्त्रण ब्यूरो र मानब बेचबिखन अनुसन्धान ब्यूरोको स्थलगत निरीक्षण भ्रमण गरी मातहतका कर्मचारीलाई आवश्यक निर्देशन दिनुभएको थियो ।

पक्राउ परेका खरेललाई काठमाडौँ ल्याइयो, भोलि म्याद लिइने – झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि कपिलवस्तुबाट पक्राउ परेका रुपन्देही घर भई हाल काठमाडौँको टोखा बस्ने सुमन खरेललाई आज साँझ काठमाडौँ ल्याइएको छ ।

आज समय अभावमा कारण अदालतबाट म्याद लिन नभ्याइएकाले भोलि म्याद थप गरी अनुसन्धान अघि बढाइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । यसअघि भारतमा लुकीछिपी बस्दै आएका खरेललाई सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरी लैजान लागेका बेला काठमाडौँको सिनामङ्गलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो । ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ ।

सुन तस्करी प्रकरणको थप सूचना लिन प्रहरीको एउटा टोली भारत गएको छ । प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्य हङकङ जानुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर