दिवाकरको निदेशनमा फिल्म ‘मायावी’ बन्ने — OSNepal

दिवाकरको निदेशनमा फिल्म ‘मायावी’ बन्ने

LC (KTM) September 06, 2023 0

काठमाडौं । चर्चित निर्देशक दिवाकर भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्ने भएका छन् । पछिल्लोपटक फिल्म ‘क्याप्टेन’ निर्देशन गरेका दिवाकर अब फिल्म ‘मायावी’मार्फत निर्देशनमा कमव्याक गर्न लागेका हुन् ।

निर्देशक भट्टराईले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ‘मायावी’को घोषणा गरेका हुन् । फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । निर्देशक भट्टराईले प्रेमकथाको फिल्ममा तीन ‘नायक’ र दुई ‘नायिका’ रहने बताए ।

फिल्ममा दुई नायिकामध्ये यअघि नै नायिका दीपिका प्रसाई फाइनल भइसकेकी छन् । फिल्म ‘ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो ।फिल्मका अन्य कलाकार र प्राविधिक चाँडै सार्वजनिक गरिने निर्देशक भट्टराईले जानकारी दिए । क्रिएटिभ सिने आर्टस्ले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम थापा अविरलको गीत रहनेछ ।

फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ ।दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर