भावनाको तीज गीत ‘सरर गइहाल्छ जोवन’मा अञ्जली र दीलिप — OSNepal

भावनाको तीज गीत ‘सरर गइहाल्छ जोवन’मा अञ्जली र दीलिप

LC (KTM) September 08, 2023 0

काठमाडौँ । गायिका भावनाको स्वर रहेको तीज गीत सरर गइहाल्छ जोवनको भिडियो बाहिरिएको छ । गायिका भावना र जय देवकोटाको स्वर रहेको गीतमा लोकप्रिय मोडल अञ्जली अधिकारीको बेजोड अभिनय देख्न सकिन्छ ।

गायक जयकै शब्द र संगीत रहेको गीत छमछम नचाउने खालको छ । गम्भिर विष्टको निर्देशनमा तयार भएको गीतमा अञ्जलीसँग दीलिप ओखडाको अभिनय देख्न सकिन्छ ।

नबिन निरौलाको सम्पादन रहेको गीतको छायांकन मुकेश हुमागाईले गरेका हुन् । भिडियो गायिका भावनाकै अफिसियल च्यानलबाट रिलिज गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर