कुशल श्रेष्ठको निर्देशनमा तयार तीज गीत 'नाँच्ने हो बाटुली' — OSNepal

कुशल श्रेष्ठको निर्देशनमा तयार तीज गीत ‘नाँच्ने हो बाटुली’

LC (KTM) September 08, 2023 0

काठमाडौँ । गायिका मिना केसीको स्वर रहेको नाँच्ने हो बाटुली बोलको तीज गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द गीतकार लोकराज अधिकारीको रहेको छ भने संगीत गोबिन्द मधुर आचार्यको रहेको छ । गीतमा मिक्सिगं कृष्ण पुनको रहेको छ । मोलिक शब्दलाई टपक्क टिपेर बजारमा ल्याइएको गीतमा १६ जना कलाकारले कम्मर मर्काएका छन् ।

सुस्मिता थापाको कोरियोग्राफी रहेको भिडियोको निर्देशन बेलायतमा बसेर संचारकर्ममा व्यस्त रहेका निर्देशक कुशल श्रेष्ठले गरेका हुन् । जसको छायांकन र सम्पादन पनि निर्देशक स्वयम कुशलले नै गरेका हुन् । सार्वजनिक भिडियो कुशल क्रियशनबाट बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर