अवैध लागूऔषध सहित ७ जना पक्राउ — OSNepal

अवैध लागूऔषध सहित ७ जना पक्राउ

LC (KTM) July 22, 2021 0

काठमाडौं, ७ साउन-काठमाडौं महानगरपालिका-१३ कालिमाटीस्थित टङ्केश्वर जाने बाटोबाट करिब ६ सय ग्राम अवैध लागूऔषध चरेश सहित काठमाडौं सतुङगल बस्ने पर्सा ठोडी घर भएका २५ वर्षीय बिकास तमाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त चरेश सहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, गढवा गाउँपालिका-१ धान खोलास्थित हुम्ला रलिङ होटलबाट ९ किलो ९ सय ३० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित बाग्लुङ निसीखोला गाउँपालिका-१ बस्ने २१ वर्षीय सुदिप सिजाली मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उक्त होटेल जाँच गर्दा १० वटा इँट्टा आकारमा रहेको उक्त पदार्थ सहित फेला पारी मगरलाई पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न बाग्लुङ बडिगाउ गाउँपालिका-२ बस्ने ३१ वर्षीय रेम बहादुर भुजेललाई समेत दाङ लमही नगरपालिका-५ स्थित राप्ती गेष्ठहाउसबाट प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाँउस्थित सडकमा ना.४ ख ७२९४ नम्बरको बसबाट करिब ७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तुलसीपुर उपमहानगरपलिका-६ भिआईपी टोल बस्ने ४५ वर्षीया चामु कुमारी बिश्वकर्मालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट दाङतर्फ आउँदै गरेको उक्त बसलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार चामु कुमारीले ब्यागमा लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

डडेल्धुरा, अमरगढी नगरपालिका-५ बागबजारबाट करिब ३ सय ९० ग्राम अवैध लागूऔषध चरेश जस्तो दखिने पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बागबजारस्थित क्याटर पिलर रेष्टुरा नामको होटेल संचालन गरी बस्ने डोटी शिखर नगरपालिका-४ बस्ने ३२ वर्षीय हेम जोरा र किराना पसल संचालन गरी बस्ने डडेल्धुरा अमरगढी नगरपालिका-४ खलङ्गा घर भएका ४० वर्षीय डम्बर रावल रहेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले शंकास्पद होटेल तथा पसलहरु जाँच गर्ने क्रममा हेमको होटेलबाट २ सय ग्राम र रावलको किराना पसलबाट १ सय ९० ग्राम गरी उक्त परिमाणको पदार्थ सहित उनीहरुलाई पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार जनिकबाट २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २१ वर्षीय शैलेस अवस्थीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर