‘नाँगो गाउँ’ प्रदर्शनीको तयारीमा रहेको बेला अर्को चलचित्र ‘दिमाग खराब’ पनि राजनीतिक कथामा — OSNepal

‘नाँगो गाउँ’ प्रदर्शनीको तयारीमा रहेको बेला अर्को चलचित्र ‘दिमाग खराब’ पनि राजनीतिक कथामा

LC (KTM) September 11, 2023 0

काठमाडौं । राजनीतिक अन्तरसँघर्षको कथामा निर्माण भएको चलचित्र ‘नाँगो गाउँ’ प्रदर्शनीको तयारीमा रहेको बेला अर्को चलचित्र ‘दिमाग खराब’ पनि राजनीतिक दाउपेचको कथामा निर्माण भएको छ । यस अघि अपराध जनरामा चलचित्र लुट बनाएर चर्चा बटुलेका निर्देशक निश्चल बस्नेतले चलचित्र ‘दिमाग खराब’लाई निर्देशन गरेका हुन् । उनी ६ वर्षपछि यो चलिचत्रबाट निर्देशनमा फर्किएका हुन् ।

निश्चलले यो चलचित्रलाई आगामी तिहारको अबसर पारेर २४ कात्तिकमा रिलिज गर्ने भएका छन् । चलचित्रको रिलिज मिति गणना सुरु हुँदै गर्दा दिमाग खराबको टिजर बिहिबार बेलुका सार्वजनिक गरिएको छ ।

यो चलचित्रको मुख्य कथा नै शासक र शासित बर्गबीचको द्धन्द्धमा आधारित रहेको टिजरमा जनाईएको छ । जनता र नेताबीचको शक्ति सँघर्षलाई टिजरमा मार्फत प्रस्तुत गरिएको छ । राजनीतिक दाउपेचको कथामा गत साता रिलिज भएको चलचित्र ‘ऐंचो पैंचो’ले सामान्य व्यापार गरेको अबस्थामा चलचित्र दिमाग खराब पनि राजनीति कथामै केन्द्रित रहेर निर्माण गरिएको हो । तथापि आफ्नो चलचित्रको कथाबस्तु निकै फरक रहेको यसका निर्देशक निश्चल बस्नेतले बताएका छन् ।

यो चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंहलगायतको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रलाई आकाश बरालले लेखेका हुन् ।राजधानि दैनिकमा खबर छ । रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेको सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ । राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर सिनेमामा रहेको छ ।

सिनेमा आट्र्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त ब्यानरमा यो चलचित्र चार वर्ष अघि निश्चलले निर्माण निर्देशनको घोषणा गरेका थिए । तर त्यतिबेला कोरोनाको महामारी फैलिएका कारण बल्ल यसको निर्माण गरिएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर