अदालतको परमादेशले निर्दलीय सरकार बन्यो : बादल — OSNepal

अदालतको परमादेशले निर्दलीय सरकार बन्यो : बादल

LC (KTM) July 22, 2021 0

काठमाडौँ ७ साउन । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले सर्वोच्च अदालतको परमादेशले निर्दलीय सरकार बनेको बताएका छन् । आज बिहिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।

नेता बादलले कार्यक्रममा माधव नेपाल लगायतका नेताहरुले आफ्नै पार्टीको प्रधानमन्त्रीलाई विस्थापति गरेर अपराध गरेको समेत आरोप लगाएका छन् । महाधिवेशनमार्फत पार्टीको पुनर्निर्माणको प्रक्रिया सुरु गर्न जरुरी रहेको बताएका बादलले भनेका छन् , “ह्वीप नलाग्ने लोकतन्त्रविरुद्धको व्याख्या,”“त्यो धारालाई मेटाउन संविधान संशोधन गर्न जरुरी छ ।”

पार्टीको अन्तरसंघर्ष वर्गसंघर्षमा परिणत भएको भन्दै अब पार्टीलाई नयाँ ढंगबाट पुन स्थापित गर्न जरुरी रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर