‘हाम्रा लागि प्रदर्शक र निर्माता बराबर हुन्’ : अभिनेता गिरी — OSNepal

‘हाम्रा लागि प्रदर्शक र निर्माता बराबर हुन्’ : अभिनेता गिरी

LC (KTM) September 16, 2023 0

काठमाडौँ, ३० भदौ : अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्ना लागि प्रदर्शक र निर्माता बराबर रहेको बताउनुभएको छ । उहाँ अहिले अभिनेता तथा निर्मातासँगै प्रदर्शक पनि बन्नुभएको छ । गिरीले साथीहरूसँगको सहकार्यमा एउटा चलचित्र भवन सञ्चालन गर्नुभएको हो ।

शेयर बाँडफाँट, शेयर सङ्ख्यालगायत विषयमा निर्माताकोतर्फबाट सुनिने असन्तुष्टि आफूले कम गर्न प्रयास गर्ने अभिनेता गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निर्माताले चलचत्रि भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर होस्, ५०/५० प्रतिशत होस्, हाम्रो चलचित्र भवनबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउनेछन् ।” यो नियम नेपाली चलचित्रको हकमा लागू गरिने गिरीको भनाइ थियो ।

वितरक करण श्रेष्ठका अनुसार प्रदर्शनको पहिलो दुई सातासम्म ५०÷५० प्रतिशत शेयर र त्यसपछि ३५ प्रतिशत निर्माता र ६५ प्रतिशत प्रदर्शकले पाउने गरेका छन् । यो रकममा लाग्ने विभिन्न खर्च कटाएर मात्र निर्माताले पैसा पाउने गरेका उहाँले जनाउँदै केही प्रदर्शकले ५० प्रतिशत नै दिने गरेको जानकारी दिनुभयो ।

“चलचित्रको व्यापार कम भएमा त्यसमा सम्झौताअनुसारको काटछाँट हुँदैन । केही चलचित्र भवनले ५० प्रतिशत नै शेयर उपलब्ध गराउँदै आइरहेका छन्”, श्रेष्ठले भन्नुभयो, “नयाँ प्रदर्शकमार्फत हुने घोषणाले निर्मातालाई उत्साहित नै बनाउँछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर