मकवानपुरमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द — OSNepal

मकवानपुरमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द

LC (KTM) September 17, 2023 0

मकवानपुर, ३१ भदौ : यहाँ चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहेका छन् । गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएका हुन् । चिकित्सकमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले स्वास्थ्य सेवा बन्द गर्न आह्वान गरेअनुरुप मकवानपुरमा पनि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले राससलाई जानकारी दिनुभयो ।

सो घटनाको विरोधमा हेटौँडा अस्पतालको आकस्मिक र फार्मेसी सेवाबाहेक सबै सेवा बन्द गरिएको मेसु डा सापकोटाले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा ओपिडी, बिरामी भर्ना र ल्याबलगायतका सेवा बन्द रहेका छन् ।

जिल्लाका अन्य अस्पताल तथा क्लिनिकमा पनि आकस्मिक र फार्मेसी सेवामात्रै सञ्चालनमा रहेको उहाँले बताउनुभयो । डेङ्गु सङ्क्रमणका कारण एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै मृत्तक आफन्तसहितको केही युवाको समूहले बुधबार चिकित्सकमाथि अस्पतालभित्रै प्रवेश गरेर कुटपिट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर