एकीकृत समाजवादीका उपमहासचिव तुलाधरलाई पितृशोक — OSNepal

एकीकृत समाजवादीका उपमहासचिव तुलाधरलाई पितृशोक

LC (KTM) September 18, 2023 0

काठमाडौँ, १ असोज ः नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा गङ्गालाल तुलाधरका पिता रामबहादुर तुलाधरको पाटन अस्पातलमा उपचारका क्रममा ९७ वर्षका उमेरमा निधन भएको छ ।

उहाँ उच्च रक्तचापलगायत रोगबाट पीडित हुनुहुन्थ्यो । पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजसेवी रामबहादुरको निधनको खबरले अन्तन्तै मर्माहत तुल्याएको बताउनुभएको छ । खनालले आज एक शोक सन्देश जारी गर्दै उहाँप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर