विगतको गलत परम्परालाई तोड्दै काँग्रेसले अबदेखि पार्टीका बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने — OSNepal

विगतको गलत परम्परालाई तोड्दै काँग्रेसले अबदेखि पार्टीका बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने

LC (KTM) July 22, 2021 0

काठमाडौं ७ साउन । नेपाली कांग्रेसले अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्ने भएको छ ।

कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले आज सामाजिक सञ्जाल मार्फत विगतको परम्परालाई तोड्दै पार्टीको कुनै पनि बैठक बालुवाटारमा नगर्ने बताएका हुन् ।

‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने ।’ खड्काले भनेका छन् ।

भोली साउन ८ गते बस्ने पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने समेत जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर