विमान उडान प्रतियोगितामा दुई चालकको मृत्यु — OSNepal

विमान उडान प्रतियोगितामा दुई चालकको मृत्यु

LC (KTM) September 18, 2023 0

लस एन्जलस – संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्य नेभाडामा विमान उडान प्रतियोगितामा दुई जना चालकले ज्यान गुमाएका छन् ।

‘टी सिक्स गोल्ड रेस’का क्रममा विमान अवतरण गर्दा दुई वटा विमान एक आपसमा ठोक्किदा उनीहरूको मृत्यु भएको आयोजकहरूले आइतबार बताएका हुन् । “हाम्रो रेसिङ परिवारका दुई सदस्य निक मेसी र क्रिस रशिङको अवतरण गर्दा दुर्घटनामा परी ज्यान गएको छ, दुवै जना दक्ष पाइलट थिए,” रेनो एयर रेसिङ एसोसिएसनले एक विज्ञप्ति निकालेर भनेको छ ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।सात रेसिङ क्लास समेटिएको उक्त कार्यक्रमले विगत १० वर्षमा १० लाखभन्दा बढी दर्शकलाई आकर्षित गरेको तथा त्यसबाट ७५ करोड डलर आम्दानी भएको एसोसिएसनले बताएको छ । विगत पाँच दशकदेखि हरे वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा यसरी पाइलटको मृत्यु भएको यो पहिलो दुर्घटना होइन ।

गत वर्ष पनि जेट विमान दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो । सन् २०११मा दर्शकहरूको भीडमा विमान खस्दा ११ जनाको मृत्यु भएको थियोभने अन्य ६० जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर