जसपाको आधिकारिकता विवाद अन्त्य अब कार्यकारिणी समितिको सनाखतबाट — OSNepal

जसपाको आधिकारिकता विवाद अन्त्य अब कार्यकारिणी समितिको सनाखतबाट

LC (KTM) July 22, 2021 0

काठमाडौँ ७ साउन । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद समाधान गर्न अब निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाउने भएको छ ।

आज बिहिबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलासले आधिकारिकता विवाद टुंगो लगाउन साउन ११ गते कार्यकारिणी समिति सदस्यलाई बोलाउने निणर्य गरेको हो ।

अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुरबिच विवाद बढ्दै जाँदा फुटको संघारमा पुगेको जसपाको आधिकारिकता टुंगो लगाउन आयोगले दुर्व पक्षसँग छलफल समेत गरेको थियो । तथापी, समस्या समाधान नभएपछि कार्यकारिणी समिति सदस्यलाई सनाखत गर्न बोलाउने भएको हो ।

५१ सदस्यीय कार्यकारिणी समिति दर्ता भएको जसपाको यादव पक्षले मात्र आफ्नो तर्फ ३० जना रहेको दावी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर