‘ग्लोबल डायस्पोरा एजुकेसन’को सद्भावना दूतमा अभिनेता प्रकाश शाह अनुबन्धित — OSNepal

‘ग्लोबल डायस्पोरा एजुकेसन’को सद्भावना दूतमा अभिनेता प्रकाश शाह अनुबन्धित

LC (KTM) October 02, 2023 0

काठमाडौं । वैदेशिक शिक्षा आर्जन गर्ने विधार्थीहरूको लागि लक्षित गरेर स्थापना भएको ‘ग्लोबल डायस्पोरा एजुकेसन कन्सल्टेन्सी प्रालि’को सद्भावना दूत (ब्रान्ड एम्बास्डर) मा अभिनेता प्रकाश शाह अनुबन्धित भएका छन् । ग्लोबल डायस्पोरा र शाहबीच एक वर्षको लागि ब्राण्ड एम्बास्डरमा सम्झौता भएको हो ।

यो कम्पनिले जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा लगायतका देशमा अध्ययन गर्न चाहने विधार्थीहरूको लागि काम गर्दै आएको छ । शाहले अबको एक वर्षको अवधिभित्र उक्त कम्पनिको बजार प्रवर्धनको काम गर्नेछन् । ‘उज्जल भविष्यको कामनासहित वैदेशिक शिक्षाको लागि जान चाहने विधार्थीहरूलाई सहि सल्लाह र मार्ग निर्देश गर्ने मेरो जिम्मेवारी रहनेछ’, शाहले भने ।

यसअघि विभिन्न दर्जनबढि उत्पादनहरूको ब्राण्डिङमा जोडिइसकेका शाहले कन्सल्टेन्सीको ब्राण्ड प्रवर्धन भने आफ्नो लागि नयाँ अनुभव रहने बताए । कन्सल्टेन्सीका सञ्चालक समिति अध्यक्ष एकेन्द्र थापाले नेपाली चलचित्र क्षेत्रका उदयीमान कलाकारसँग जोडिन पाउनु आफुहरूको लागि गर्वको विषय रहेको बताए ।

काठमाडौंस्थित पुतलिसडकमा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनिका प्रवन्ध निर्देशक राहुल रेग्मीले नेपालभित्र विभिन्न शहरहरूमा शाखा विस्तारको लागि पनि कलाकारसहितको प्रवर्धनले संस्थालाई सघाउ पुग्ने विश्वास पोखे । विधार्थीहरुको सन्तुष्टि नै आफ्नो संस्थाको लक्ष्य रहेको उनको भनाइ छ ।

‘मिस्टर ग्लोबल नेपाल २०१८’का विजेता अभिनेता शाहले गिनिज वर्ल्ड रेकर्डको लागि बनाइएको ‘वान सट वान टेक’ फिल्म ‘जालो’बाट नेपाली फिल्ममा डेब्यू गरेका थिए । त्यसयता उनले ‘लभ स्टेसन’, ‘साङ्ग्लो’, ‘ज्याकपट’, ‘आर्या’ फिल्ममा अभिनय गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर