साहित्यिक चौतारीको लुम्बिनी प्रदेश शाखाले गर्‍यो कार्यसमिती विस्तार — OSNepal

साहित्यिक चौतारीको लुम्बिनी प्रदेश शाखाले गर्‍यो कार्यसमिती विस्तार

LC (KTM) October 02, 2023 0

नारायण भुसाल/बुटवल – साहित्यिक चौतारी नेपालको लुम्बिनी प्रदेश शाखाले आफ्नो कार्यसमिती विस्तार गरेको छ।नेपाली साहित्यको दीर्घकालीन उत्थान​को लागी स​क्रिय​ रहदै आइरहेको यस संस्थाको लुम्बिनी प्रदेश शाखाले शनिवार एक कार्यक्रम गर्दै आफ्नो कार्यसमिती विस्तार गरेको हो।

चौतारी नेपालका केन्द्रीय कोषाध्यक्ष कमला भन्डारी ढकालले विस्तारित समितिलाई पूर्णता दिँदै समितिको आधिकारिक घोषणा गरेकी थिइन् । विस्तारित समितिको अध्यक्षमा डीआर न्यौपाने ‘सूर्य’, उपाध्यक्षमा सुनिता प्रतिबिम्ब, सचिवमा रमा जैसी, सह-सचिवमा सुरज गिरी, कोषाध्यक्षमा विक्रम वलि ‘नेपाली बाबु’ र सह-कोषाध्यक्षमा बिमल खरेल रहेका छन् । यस्तै समितिको सदस्यहरूमा नारायण भुसाल, रिता खराल, मिरा ज्ञवाली, अतिक्षा भुसाल, दिपक अपरिवर्तन, कृष्ण पाण्डेय, तारस घिमिरे ,जिज्ञासु पौडेल तिलक र आभाष बेसाहारा रहेका छन् ।

कार्यक्रम लुम्बिनी शाखा समितिका नवनिर्वाचित अध्यक्ष न्यौपानेको सभापतित्वमा शुरु भएको थियो । कार्यक्रममा साहित्यकार एवम् केन्द्रीय महासचिव रामप्रसाद सुवेदीको प्रमुख आतिथ्य, सुविख्यात कविर साहित्यकार कमला भन्डारी ढकाल विशिष्ट अतिथिको रुपमा रहेका थिए । यस्तै अतिथिको रुपमा केन्द्रीय सदस्य साहित्यकार गोमविक्रम र संस्थाका सल्लाहकार कवि, अध्येता, अन्वेषक रामचन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाकी नव सदस्य रिता खरालको स्वागत मन्तव्य, सचिव रमा जैसीको कुशल उदघोषण र उपाध्यक्ष सुनिता प्रतिबिम्बको खादा व्याज वितरण रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूले संयुक्त रुपमा समिति सदस्यहरूलाई सदस्यता वितरण गर्दै लामो स​म​य​देखि सुस्ताएको लुम्बिनी शाखा अबदेखि नयाँ जोस, जाँगर र उत्साहका साथ निरन्तर अघि बढ्ने आशा व्यक्त गर्दै साहित्यिक चौतारीले कविता, ग​ज​ल, मुक्त​क हाइकु लगायत साहित्यका अधिक विधामा स​न्तुल​न राखेर​ विभिन्न साहित्यिक कार्य​क्र​म​ह​रू ग​रेको स्म​र​ण ग​र्दै विस्तारित समितीले लुम्बिनीको साहित्यिक अवस्थालाई अझ धेरै सकृय बनाइ उल्लेख्य काम गरेर आफ्नो कार्यकाललाई उत्कृष्ट पार्दै देश विदेशमा भएका ३९ शाखा मध्येबाट उत्कृष्ट शाखा बन्न पनि सुझाव दिएका थिए ।

यस्तै उक्त कार्यक्रममा उपस्थित करिब दुइ दर्जन स्रष्टाहरूले आफ्नो रचना वाचन गरेका थिए। यस्तै कार्यक्रममा सभापति न्यौपानेले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै यस्तो काम गर्छु भन्दा पनि कामबाटै जवाफ दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर