करेन्ट लागेर दुई जनाको मृत्यु — OSNepal

करेन्ट लागेर दुई जनाको मृत्यु

LC (KTM) October 02, 2023 0

काठमाडौं, १५ असोज -प्युठान, प्युठान नगरपालिका-७ टिकुरी बस्ने ५८ वर्षीय कमल केसीको करेन्ट लागेरआइतबार दिउँसो मृत्यु भएको छ । तरकारी सिचाईका लागि सोही ठाउँस्थित रानी कुलोमा विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

रूपन्देही, देवदह नगरपालिका-३ सेम्रहना बस्ने ३४ वर्षीया मनिषा चौधरीको करेन्ट लागेर आइतबार बेलुकी मृत्यु भएको छ । आफ्नै घरमा रहेको मासु पसलको डि-फ्रिजबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर