चितवनमा धानमा विभिन्न रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित् — OSNepal

चितवनमा धानमा विभिन्न रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित्

LC (KTM) October 03, 2023 0

तवन, १६ असोजस् यहाँ लगाइएको धानमा विभिन्न रोगको सङ्क्रमण देखिएका छन् । कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार पश्चिम चितवनमा लगाइएको धानमा ढुसी र गभारोको समस्या देखिएको हो ।

यस्तै पूर्वी चितवनमा फड्के किरा, मिलिबग, सित व्लाइट, नेक व्लाष्ट जस्ता रोग देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयमा दैनिक तीनदेखि चारजना धानमा लागेको समस्या लिएर आउने गरेका छन् । उहाँले भन्नुभयो, “धानमा लागेको समस्या लिएर आउनेको किसानको सङ्ख्या बढ्दो छ । पूर्वी चितवनमा फड्के किराको समस्या मुख्य देखिएको छ ।”

कालिका र खैरहनी नगरपालिकामा लगाइएको धानमा विशेषगरी फड्के किराको समस्या देखिएको उहाँको भनाइ छ । यो किराले धानको गाँजमा बसेर धानको रस चुसी सुकाउने गर्दछ । जसका कारण पात जल्ने र गाँज परालजस्तो देखिने त्रिपाठीले बताउनुभयो ।

रोग नियन्त्रणका लागि कृषिविज्ञ सँगको परार्शमा विषादीको प्रयोग गर्न उहाँले कृषकहरुलाई सुझाव दिनुभयो । जिल्लामा यस वर्ष २३ हजार ३४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर